पञ्चायत चुनाउको मुखैमा भाजपा छोडेर 70 परिवार तृणमूल-मा सामेल

राजगञ्ज : पञ्चायत चुनाउको मुखैमा भाजपा छोडेर 70 परिवार तृणमूलमा सामेल भएको छ। आज राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायत अन्तर्गत बलाईगछ गाउँमा एउटा समर्थन सभाको आयोजना गरेर तृणमूल राजगञ्ज ब्लस अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य नेतृत्वहरूको बाहुलीबाट भाजपाका कार्यकर्ता तथा समर्थकहरूले तृणमूलको झण्डा समाए। यस विषयमा तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, तृणमूल नेत्री ममता ब्यानर्जीले गरेको विकास कार्य तथा अभिषेक ब्यानर्जीको नवजोआ यात्राबाट प्रेरित भएर 70 परिवार भाजपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। पञ्चायत चुनाउको मुखैमा नयाँ सामेल सदस्यहरूले गर्दा पार्टीलाई अझ बलियो बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *