पञ्चायत चुनाउको मुखैमा टिस्टा भेल्ली देवरालीबाट 20 परिवार भागोप्रमो-मा सामेल

टिस्टा भेल्ली (निसं) : पञ्चायत चुनाउको मुखैमा क्षेत्रीय सभासद डेण्डुप पाखरीनको विशेष उपस्थितिमा एउटा कार्यक्रमबीच टिस्टा भेल्लीको देउराली फरेष्ट बस्तीबाट लगभग 20 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। प्राप्त जानकारी अनुसार ती पार्टीमा सामेल हुने परिवारका सदस्यहरू हाम्रो पार्टीका समर्थकहरू थिए। स्थानीय समाजसेवी भीम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको एउटा सभाबीच भागोप्रमो समष्टि अध्यक्ष एवं सभासद डेण्डुप पाखरीनले पार्टीमा सामेल हुने सबै सदस्यहरूलाई दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा न्यानो स्वागत जनाए। देवराली कम्युनिटी हलमा आयोजित सभामा भोगोप्रमो-का समष्टि सहसचिव पासाङ मोक्तान, शरण छेत्री, एसबी सुब्बा लगायत अन्यहरू प्रमुख रूपमा उपस्थित थिए। समर्थक जनाउनेहरूमा टिस्टा भेल्लीको लोवर कमजेड, होल डाँडा आदि इलाकाबाट पनि सामेल थिए। पञ्चायत चुनाउको मुखैमा हाम्रो पार्टीलाई त्यागेर भागोप्रमो-लाई समर्थन जनाउने सदस्यहरूले आगामी 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउमा भागोप्रमो-का उम्मेदवारहरूलाई मतदान गरेर विजयी गराएर छाड्ने प्रतिबद्धता जाहेर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *