पञ्चायत चुनाउलाई लिएर गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सभा सम्पन्न

खरसाङ : पञ्चायत चुनाउलाई केन्द्र गरेर आज गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सभा गोर्खा जन पुस्तकालयमा सम्पन्न भयो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। समष्टि कमिटी लगायत सम्पूर्ण भ्रातृ संगठनका प्रतिनिधिहरूलाई लिएर बसेको उक्त बैठकमा पञ्चायत चुनाउबारे समीक्षा अनि चर्चा परिचर्चा गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङको निर्णयलाई स्वागत जनाउँदै गोरामुमोले पञ्चायत चुनाउमा भाग लिने खरसाङ ब्राञ्च कमिटीले आधिकारिक रूपमा घोषणा गर्‍यो। यसै क्रममा सभालाई सम्बोधन गर्दै प्रचार प्रसार सचिव भुपेन गुरुङले भने, 243(M) भनेको जाति, माटो अनि गोर्खा जातिको चाबी हो। आज दार्जिलिङ जिल्ला अनि कालेबुङ जिल्लामा दुई स्तरीय चुनाउ हुँदैछ। यो चुनाउ दागोपापको ऐन अनुसार हुँदैछ यहाँबाट हामी बुझ्न सक्छौं कि सुवास घिसिङ सत्य हो भनेर। तिनले विपक्षलाई चुनौती दिँदै भने, जीटीएमा तीन स्तरीय चुनाउको प्रावधान छ तर तिनीहरूले तीन स्तरीय चुनाउ गराउन सकेन। दागोपापलाई तिनीहरूले थुकेको थुक हो आज त्यहीँ थुकलाई चाट्दैछ फेरि भन्दैछ हामीले पञ्चायत राज फर्काएर ल्यायौ। तर तिनीहरूले दुई स्तरीय पञ्चायत चुनाउको विरोध गर्नु सकेन यदि सक्छौं भने बहिष्कार गरेर देखाऊ भन्दै तिनले चुनौती समेत दिए।


केन्द्रीय समिति सदस्य जेबी गुरुङले आफ्नो वक्तव्य राख्दै भने, हामीले सोचेको सुरक्षा गरेर राखेको कुराको एक खुड्किला पार गरेका छौं यो हाम्रो एउटा विजयको अभियान हो यसलाई हामीले पार गर्दै लानुपर्छ। यहीँबाट नै हाम्रो मुद्दा पार लगाउनु पर्छ हामी अब खुशी हुनपर्छ। दुई स्तरीय चुनाउलाई गोरामुमोले माथि पुर्‍याएको छ। यदि तिमीले गोरामुमोलाई मन पराउँदैनौ भने आज कुन आधारमा दुई स्तरीय चुनाउमा भाग लिदैछौ तिमीले आफ्नो नैतिकता गुमाएका छौं। आज तिमी तिम्रो नैतिकता माथि बाँच्छौ भने तिमीले घोषणा गर्नु सक्नु पर्थ्यो गोरामुमो सही हो भनेर। अब हामी छात्ती पुकाएर चुनाउमा जानुपर्छ। चुनाउमा हार जीत हुन्छ तर हाम्रो मौखिक जीत भइसकेको छ भनी ब्राञ्च अध्यक्ष निमा लामाले भने, अर्काको बारी मिच्नु हुँदैन। हामीले जीटीए अंसवैधानिक व्यवस्था हो भनेर जीटीए चुनाउ वहिष्कार गरेका थियौँ अब जीटीए व्यवस्थामा रमाउनेहरूले दुई स्तरीय चुनाउ वहिष्कार गरेर देखाओस्। अब बुद्धिजीवीहरूले पनि बुझ्दै होला सुवास घिसिङ के हो भनेर। केन्द्र सरकार, राज्य सरकार अनि चुनाउ आयोगले पनि आज यो भूभाग 243(M) अन्तर्गत गोर्खाहरूको किपट हो भनेर मानी सकेको छ तर सत्ताको लालचमा हुनेहरूले गोर्खाहरूको भाग्य बिगार्ने कार्य गरिरहेका छन् यसकारण अब जनताले जवाफ दिने समय आएको छ भनी निमा लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *