पञ्चायत चुनाउमा भएको हिंसाको जाँच गर्न कुचबिहार आइपुग्यो भाजपाको फ्याक्ट फाइन्डिङ टीम

कुचबिहार : पञ्चायत चुनाउ अवधि भएको हिंसाको घटनामा घाइते तथा मर्नेहरूको परिवारका सदस्यहरूसित भेट गर्न भाजपाको फ्याक्ट फाइन्डिङ टीम आज कुचबिहार आइपुगेको छ। आज बिहान सांसद तथा पूर्व मन्त्री रवी शङ्कर प्रसाद लगायत पाँचजनाको एउटा विशेष प्रतिनिधि टोली न्यु कुचबिहार रेलवे स्टेसनमा ओर्लिएपछि भाजपाका नेतृत्वहरूले तिनीहरूलाई स्वागत जनाए। उक्त टोलीले आज कुचबिहारको दक्षिण विधानसभा केन्द्रको फलिमारीमा चुनाउको दिन मर्ने माधव विश्वासको घरमा गएर तिनको परिवारका सदस्यहरूसित भेटघाट गरे। आज स्टेसनमा पत्रकारहरूलाई सम्बोधन गर्दै रवी शङ्कर प्रसादले पञ्चायत चुनाउ अवधि भएको हिंसाको घटनालाई केन्द्र गरेर राज्य सरकार तथा मुख्यमन्त्री ममता ब्यानर्जीलाई कटाक्ष कसे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *