पञ्चायत चुनाउमा भोट नदिए गाउँका कामहरू रोकिदिने भागोप्रमो-का नेतृत्वहरूले धम्की दिएको हाम्रो पार्टीका जोन गुरूङको आरोप

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केही नेतृत्वहरूले चल्दै गरेको कामहरू रोक्ने धम्की दिँदै तिनीहरूको उम्मेद्वारहरूलाई मतदान गर्नु पर्ने जबर्जस्ती गरिरहेको हाम्रो पार्टीका वरिष्ठ कार्यकर्ता जोन गुरूङले आरोप लगाएका छन्। सुङबुङमा हाम्रो पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै तिनले भने, 23 वर्षपछि पहाडमा पञ्चायत चुनाउ हुने भएको छ, यसैले तपाई हामी कसैले पनि पार्टी नहेरौ तर आफ्नो गाउँ र आफ्नो ठाउँको हितलाई हेरेर आफ्नो बहुमूल्य भोट कसलाई दिनु पर्ने हो, त्यो तय गरौ। आजसम्म पञ्चायत चुनाउ नहुँदा पहाडको ग्रामीण क्षेत्रहरूको अवस्था के भएको छ, यो सबैको आखाँ अघि स्पष्ट छ। त्यसकारण अब हुने चुनाउमा पार्टीलाई नहेरेर उम्मेद्वारको भिजनलाई हेरिदिने जोन गुरूङले उपस्थित भीडलाई आह्वान गरे। तिनले अझ भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केही नेतृत्वहरूले जनताबीच जीटीएद्वारा निर्माण भइरहेको गाउँको बाटोको काम तिनीहरूको उम्मेद्वारहरू पराजय भएको खण्डमा रोकिदिने आदि जस्ता डर र भय उत्पन्न गराउने काम गर्दैछ तर यस्तो कहिले पनि हुँदैन किनभने बाटो निर्माणको निम्ति जीटीएले वर्कअडर समेत जारी गरिसकेको छ। अधिकारिक रूपमा बाटो निर्माणको अधिसूचना जारी भइसकेपछि चल्दै गरेको बाटोको काम रोक्छ भन्नु सरासर गलत हो भन्ने गुरूङले बताए। यति मात्र होइन भागोप्रमो-का नेतृत्वहरूले जीटीएका प्रमुख कार्यपाल अनित थापाले पञ्चायतलाई आफ्नो मुठीमा राख्छ भन्ने जस्ता अफवाह फैलाउने काम गरिरहेको जोन गुरूङले आरोप लगाउँदै तिनले अझ भने, यस्तो कहिले पनि हुँदैन किनभने जीटीए असंवैधानिक व्यवस्था हो अनि पञ्चायत संवैधानिक व्यवस्था हो। निर्वाचित सभासदहरू भन्दा पनि निर्वाचित पञ्चायत सदस्यहरू क्षमतावान हुनेछन्। यसैले अब हुने चुनाउमा हामीले हाम्रो गाउँ र हाम्रो क्षेत्रको उत्थानको निम्ति हाम्रो पार्टीको योग्य उम्मेद्वारहरूलाई भोट दिनुपर्छ भन्ने तिनले आहवान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes