पञ्चायत चुनाउमा कङ्ग्रेस र सीपीएम-को गठबन्धनले राजगञ्जमा चुनाउ लड्ने

राजगञ्ज :  पञ्चायत चुनाउमा राजगञ्जमा कङ्ग्रेस र सीपीएमको गठबन्धनले चुनाउ लड्ने भएको छ। कङ्ग्रेसका राजगञ्ज ब्लक सभापति देवव्रत नाग र सीपीआईएम-का एरिया कमिटीका सदस्य मजिदुल हकले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस सम्बन्धमा कङ्ग्रेस ब्लक सभापति देवव्रत नागले भने, राज्यका शासकदल र भाजपालाई राजगञ्जमा पराजित गर्ने उद्देश्य लिएर कङ्ग्रेस र सीपीएम एकजुट भएर चुनाउ लड्ने भएको छ। राजगञ्ज विधानसभाको 8 वटा अञ्चलमा कङ्ग्रेस र सीपीएम एकजुट भएर पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदमा लड्ने निर्णय लिएको हो। यी आठ क्षेत्रका लगभग 169 वटा ग्राम पञ्चायत, 24 वटा पञ्चायत समिति र 2 वटा जिल्ला परिषद्‌मा आगामी चुनाउ लड्नेछौँ। आगामी चुनाउमा आफूहरूले विपुल मतले जित्नेछौँ। अर्कोतिर, एरिया कमिटीका सदस्य मजिदुल रहमानले भने, सीपीएम र कङ्ग्रेस एकजुट भएर आउँदो चुनाउ लड्ने निर्णय लिएका छौँ। यसबाहेक आफूहरूले वर्तमान सत्तारूढ पार्टी तृणमूल र भाजपाविरुद्ध लड्नको लागि अन्य धर्मनिरपेक्ष दलहरूलाई गठबन्धनमा सामेल गराउनको लागि चर्चा गरिरहेका छौँ। प्रत्येक ग्राम पञ्चायतमा कमिटी गठन गरिरहेका छौँ। आजको पत्रकार सम्मेलनमा सीपीएमको राजगञ्ज एरिया कमिटीका सचिव रतन राय, कङ्ग्रेसको राजगञ्ज ब्लकका उपाध्यक्ष मुशरफ हुसेन, इनटकका ब्लक सभापति जितेश राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *