पञ्चायत चुनाउमा जनताले माया र भरोसा देखाएकोमा अनोश थापाद्वारा धन्यवाद

सोनादा (निंस) : जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एवम् सोनादा पचेङ समष्टिका सभासद अनोश थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै पञ्चायत चुनाउमा जनताले माया र भरोसा देखाएकोमा धन्यवाद दिएका छन्। तिनले आफू 2021-मा सोनादामा को-अर्डिनेटर भएर आउँदा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक धरातल लथालिङ्गै थियो साथै यस समष्टिमा विकासको कार्यहरू पनि लाथालिङ्गै थियो। तर 2022-मा आफू यस सोनादा पचेङ समष्टिका सभासद निर्वाचित भएपछि संगठन र विकासको कार्यहरू गर्दै आइरहेको र यसपाली पञ्चायत चुनाउमा सोनादा पचेङ समष्टिका सम्पूर्ण जनताले मलाई विश्वास, भरोसा र माया देखाएकोमा आभारी छु भनी बताए। सभासद अनोश थापाले सोनादा क्षेत्रका विभिन्न समस्याहरू विषयमा बोल्दै भने, ‘सोनादाको मूलभूत समस्याहरू भनेको पानी, सड़क, पार्किङ, डम्पिङ ग्राउण्ड, सेनिटेशन मुख्य रहेको र यी सबै समस्याहरू समाधान गर्नलाई पालैपालो कार्य गर्दै जानेछौं। यी समस्याहरू समाधानको लागि जीटीएबाट कार्य थालिएको पनि बताउँदै हाम्रो सोनादा राम्रो सोनादा बनाउन निरन्तर कार्य गर्दै आइरहेका छौं। यस कार्यमा सोनादा पचेङ समष्टिका सम्पूर्ण जनताले साथ दिइरहेका छन्। अहिलेको समय नेताप्रति विश्वास गर्न छाडेका छन्, नेताको कार्य प्रणालीप्रति विश्वास गर्दैनन्। तर म भूमिपुत्र नभए तापनि समष्टिको जनताले मलाई माया, विश्वास र भरोसा देखाएको छ अनि म यस समष्टिको परिवार र छोरा भएर कार्य गरिरहेको छु। मेरो दिमागमा पनि केवल सोनादा पचेङ समष्टि छ हालाकि म सम्पूर्ण जीटीए क्षेत्रको सभासद हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *