पञ्चायत चुनाउमा लड्ने भाजपा-का प्रार्थीहरूलाई सम्मान

पोख्रेबुङ (निसं): भाजपा पोख्रेबुङ चामोङ मण्डल कमिटीको तत्वावधानमा आज साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर गत पञ्चायत चुनाउमा अंश ग्रहण गर्ने सबै विजय तथा पराजय भाजपा प्रार्थीहरुलाई सम्मान जनाइयो। यस अवसरमा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव सुजेन्द्र राई, राजु थुलुङ राई, जिल्ला कार्यकारी सदस्य दावा शेर्पा, बिमल राई, भाजयुमो राज्य कार्यकारी सदस्य संजीव लामा, भाजयुमो जिल्ला अध्यक्ष निरज राई लगायत मण्डलका विभिन्न पदाधिकारी एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *