पञ्चायत चुनाउ निष्पक्ष नभएको आरोपमा मतिगढा बीडीओ कार्यालय अघि भाजपाद्वारा विक्षोभ प्रदर्शन तथा ज्ञापन

सिलगढी: गत पञ्चायत चुनाउ अवधि हिंसा, तोडफोड, हत्या जस्ता जघन्य घटनाहरू हुनको साथै निष्पक्ष ढङ्गमा चुनाउ सम्पन्न नभएको आरोप लगाउँदै राज्य भाजपाले राज्यभरिमै आन्दोलन गरिरहेको छ। यसै क्रममा भाजपाको सिलगढी सांगठनिक जिल्लाको तर्फबाट पनि आज बीडीओ अफिसमा विक्षोभ प्रदर्शन गर्यो। संगठनका अध्यक्ष तथा मतिगढा नक्सलबारी ब्लकका विधायक आनन्दमय बर्मनको नेतृत्वमा उक्त विक्षोभ कार्यक्रम पालन गरियो। तथापि, आन्दोलनकारीहरूलो रोक्नको लागि बीडीओ कार्यालय परिसरमा आज बिहान 6 बजीदेखि साँझ 6 बजीसम्म धारा 144 लागू गरेको छ। बीडीओ कार्यालयमा धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको छ। आज आन्दोलनकारीहरू बीडीओ कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दा पुलिस र आन्दोलनकारीमाझ हातापाई समेत भएको बताइएको छ। पछि ब्यारिकेट भत्काएर आन्दोलनकारीहरू बीडीओ अफिस अघि पुगेपछि एउटा प्रतिनिधि टोलीले बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। यस विषयमा भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष आनन्दमय बर्मनले भने, राज्यको सत्तारुढ पार्टीले प्रशासनको दुरुपयोग गरेर पञ्चायत चुनाउ जितेको छ।  जुन अति निन्दनीय छ। भोट लुटपाट, छाप्पा भोट, भोट चोरी घटनामा संलग्न हुनेहरूलाई कठोर सजाय दिनुपर्ने तिनले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes