पञ्चायत चुनाउ परिणामको 10 दिन पछिसम्म केन्द्रीय सुरक्षा बल तैनाथ रहने

सिलगढी : आगामी 8 जुलाईको दिन हुने पञ्चायत चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि हाल पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा रहेको बुथहरूमा केन्द्रीय सुरक्षा बलका जवानहरू तैनाथ गरिएको छ भने ती सुरक्षा बलका जवानहरूलाई मतदानको घोषणा भएको 10 दिन पछिसम्म तैनाथ गरिने भएको छ। यसबारे आज कलकत्ता उच्च न्यायालयले निर्देश जारी गर्दै बताएको छ। अर्कोतिर, कलकत्ता उच्च न्यायालयको उक्त पहललाई भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले स्वागत जनाएका छन्। स्मरण रहोस्, बङ्गालमा गतपल्टको पञ्चायत चुनाउको परिणामपछि विभिन्न ठाउँहरूमा हिंसा तथा हत्या जस्ता घटनाहरू भएकोले गर्दा भाजपाको तर्फबाट यसपल्टको पञ्चायत चुनाउ अवधि केन्द्रीय सुरक्षा बल तैनाथ गरिनुपर्ने माग गरेपछि उच्च न्यायालयले यस प्रकारको निर्देश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *