पञ्चायत चुनाउ पार्टीले होइन, गाउँलेहरूले जित्न पर्छ: अजय एडवर्ड्स

रंगबुल (निसं) : राजनीति आफ्नो ठाउँमा छ तर हाम्रो जनसेवाको कार्य निरन्तर रूपमा चल्नेछ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले आज रंगबुल धोतरिया समष्टिको भ्रमण अवधि बताएका छन्। यस अवधि स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई भब्य स्वागत जनाए। यस अवधि तिनले भने, स्थानीय मानिसहरूलाई सम्बोधन गर्ने क्रममा राजनीति आफ्नो ठाउँमा छ तर हाम्रो जन सेवाको कार्य निरन्तर रूपमा चल्नेछ। यस क्षेत्रमा बाटोको समस्याबारे स्थानीय मानिसहरूले मलाई भनेपछि मैले बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिए अनि तपाईहरूको सहयोगमा बाटोको खनन कार्य पूरा भएको छ।


हामीले हरेक कुरामा सरकारलाई पर्खिएर बस्नु हुँदैन, हामीले सक्ने काम हामी आफै पनि गर्न सक्नु पर्छ। पहाड़मा धेरै सालपछि पञ्चायत चुनाउ हुन जान्दैछ, अब हुने पञ्चायत चुनाउमा पार्टीले होइन तर गाउँलेहरूले जित्न पर्छ। विगतका चुनाउहरूमा राजनैतिक नेताहरूले जनतालाई झुक्काए, समाजहरूलाई चौकी दिएर भोट हत्याउने काम गऱ्यो तर अब हुने पञ्चायत चुनाउमा पार्टीले होइन गाउँलेहरूले जित्न पर्छ। गाउँलेहरूले जितेको खण्डमा गाउँको विकाश हुनेछ, क्षेत्रको विकाश हुनेछ भनी एडवर्ड्सले बताए। आज रंगबुल धोतरिया समष्टिको भ्रमण अवधि पार्टी अध्यक्ष अजय एडवडर्ससँग पार्टीका शीर्ष नेतृत्वहरूको पनि उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *