पञ्चायत चुनाउ प्रचार अवधि सांसद राजु विष्टले घैयाबारी अस्पतालको पनि गरे निरीक्षण

खरसाङ (निसं) : पञ्चायत चुनाउको लागि भारतीय जनता पार्टी लगायत गठबन्धन पार्टीका प्रार्थीहरूका लागि चुनाउ प्रचार गर्दै तीनधारे महानदी समष्टि आईपुगेका दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले बुधबार साँझ घैयाबारी अस्पतालको निरीक्षण गरे। सांसद राजु विष्ट बुधबार साँझ लगभग 7.30 बजेतिर घैयाबरी आइपुगेपछि स्थानीयहरूका मांग अनुसार तिनले घैयाबारी अस्पतालको निरीक्षण गरेका हुन्। यसावधि घैयाबारी अस्पतालको विभिन्न समस्याहरू बारे स्थानीय मानिसहरूले सांसद राजु विष्टलाई जानकारी गराए। यसावधि सांसद राजु विष्टले घैयाबारी अस्पतालको विभिन्न समस्याहरूको समाधानको लागि सम्बन्धित विभागलाई पत्राचार गर्ने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *