पञ्चायत चुनाउ: राज्य चुनाउ आयोगद्वारा नामाङ्कन प्रक्रियाको लागि 144 धारा जारी

सिलगढी (निसं): पञ्चायत चुनाउको नामाङ्कन प्रक्रिया शुरू हुन साथ राज्यको विभिन्न ठाउँबाट अशान्तिको खबर सामु आइरहेको छ। यसैले गर्दा राज्य निर्वाचन आयोगले 144 धारा लागू गरिदिएको छ। नामाङ्कन भर्नको लागि केन्द्रको 1 किमीको परिधिमा धारा 144 लागू गरिएको आदेश जारी गरेको छ। राज्य चुनाउ आयोगले हिज आइतबार राज्यको सबै जिल्लालाई यसबारे दिशा-निर्देश जारी गरेको छ। केवल 1 जना व्यक्ति मात्र नामाङ्कन भर्नको लागि उम्मेदवारसित जान सक्नेछन्। यसको साथै बिहान 11 बजेदेखि अपरान्ह 3 बजेसम्म  यो निर्देश लागू हुनेछ। नामाङ्कन प्रक्रियालाई शान्तिपूर्ण ढंगले सञ्चालन गर्नका लागि धारा 144 जारी गरिएको चुनाउ आयोगले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *