पञ्चायत चुनाउ: राज्य चुनाउ आयोगले उत्तर बंगालको 3 वटा जिल्लाका जिल्लाशासकसित गर्‍यो बैठक

सिलगढी : पञ्चायत चुनाउलाई लिएर आज सर्किट हाउसमा राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) डा. आरिज अफताबले उत्तर बंगालको तीनवटा जिल्ला दार्जिलिङ, कालेबुङ र उत्तर दिनाजपुरका जिल्लाशासकसित एउटा बैठक गरे। उक्त बैठकमा जिल्लाको वर्तमान परिस्थिति र पञ्चायत चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने विषयमा चर्चा-परिचर्चा गरियो। जनवरी महिनाको अन्तमा अथवा फरवरीको शुरुमा राज्य चुनाउ आयोगले पञ्चायत चुनाउको मिति घोषणा गर्न सक्ने अड्कल लगाइएको छ भने पञ्चायत चुनाउ कति चरणमा सम्पन्न गरिन्छ भन्ने विषयमा स्पष्ट छैन। सीईओ डा. आरिज अफताबले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, पञ्चायत चुनाउको तयारीको बारेमा आजको बैठकमा चर्चा-परिचर्चा गरियो। आगामी 5 जनवरीमा सम्पूर्ण भोटर तालिका प्रकाशित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *