पञ्चायत चुनाउ: सिटोङ 1 ग्राम पञ्चायतको निम्ति भाजपा प्रार्थीहरूले भरे नामाङ्कन

मङ्पु: आगामी 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय चुनाउको लागि सिटोङ 1 ग्राम पञ्चायतको निम्ति भारतीय जनता पार्टीका सदस्यहरुले पनि नामाङ्कन पत्र भरेका छन्। प्राप्त जानकारी अनुसार सिटोङ खस 1, 2, 3 बाट क्रमैले शिक्षा तामाङ, छोकिल लेप्चा र फानोस लेप्चाले अनि ट्राइबल स्कूल 4 र 5 बाट मोहन राई र प्रबिन राईले नामाङ्कन बुझाएका छन्। यसैगरी, पञ्चायत समितिको निम्ति तनुजा आलेले भाजपा पार्टीबाट नामाङ्कन पत्र दर्ता गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *