पञ्चायत चुनाउलाई लिएर बेलाकोवामा तृणमूल काङ्ग्रेसको बैठक

राजगञ्ज (निसं): पञ्चायत चुनाउलाई लिएर बेलाकोवास्थित हरि मन्दिरको सभाकक्षमा तृणमूल काङ्ग्रेसले आज एउटा बैठकको आयोजना गऱ्यो। राजगञ्जमा आउँदो सोमवारदेखि तृणमूल काङ्ग्रेसले आफ्नो प्रार्थीहरूको नामाङ्कन पत्र जमा गर्न शुरू गर्ने भएको छ। उक्त बैठकमा आज यो निर्णय लिएको छ। यस अवधि राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, राजगञ्ज पञ्चायत समिति अध्यक्ष पूर्णिमा राय, तृणमूल ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत पार्टीको ब्लक स्तरीय नेताहरू उपस्थित थिए। तृणमूलको ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले बताए अनुसार राजगञ्ज विधानसभा क्षेत्रमा ग्राम पञ्चायतको 178, पञ्चायत समितिको 24 अनि जिल्ला परिषदको तीन सीट रहेको छ। कार्यक्रममा तृणमूल काङ्ग्रेसको अखिल भारतीय महासचिवको निर्देशानुसार उम्मेदवारहरूको चयन गरिएको छ। आगामी सोमवारदेखि नामाङ्कन पत्र जमा गर्ने प्रक्रिया शुरू गर्ने पनि तिनले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *