पञ्चायत सदस्य दिपेश थापाले शिक्षक-शिक्षिका अनि वृद्ध-वृद्धाहरूलाई घरमैं गएर जनाए सम्मान

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतका निर्वाचित पञ्चायत सदस्य दिपेश थापाले आज शिक्षक दिवसको अवसरमा आफ्नो क्षेत्रका शिक्षक-शिक्षिकाहरू एवं वृद्ध-वृद्धाहरूलाई घरमैं गएर सम्मान जनाए। पञ्चायत सदस्य दिपेश थापाले शिक्षक दिवसको अवसरमा 60 वर्ष नाघेका वृद्ध- वृद्धाहरू साथै पूर्व शिक्षक-शिक्षिकाहरूलाई घर-घरमा गएर सम्मानित गर्ने कार्य गरे।


तिनले शिक्षक दिवसको पावन अवसरमा आफ्नो अभिभावक र गुरु मान्दै आफ्नो क्षेत्रका सबै वृद्ध-वृद्धाहरू र पूर्व शिक्षकहरूलाई तिनीहरूकै घर-घर पुगेर खदार्पण गरेर सम्मान जनाए। यस अवसरमा सिमानाटार निवासी सुकमान तामाङ र नर्थ शिवखोला निवासी राम खवासले दिपेश थापालाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *