पाँच डेसिमल जमिनको पट्टा हाम्रो निम्ति घातक : जोइन्ट फोरम

दार्जिलिङ (निसं) : पाँच डेसिमल जमिनको पट्टा विषयमा आज जोइण्ट फोरमले सिंगताम चिया बगानमा गेट मिटिङको आयोजना गरेको थियो। उक्त गेट मिटिङलाई सम्बोधन गर्दै अध्यक्ष डीके गुरूङले भने, पाँच डेसिमल पट्टा तपाई-हाम्रो निम्ति घातक हो। हाम्रो साथीहरूले पाँच डेसिमल पट्टा थोप्ने काम गर्दैछ, हामी पट्टाको विरोधमा छैनौ, हामीलाई पनि पट्टा चाहिन्छ तर पाँच डेसिमल होइन हाम्रो पिता-पूर्खाले कमाएको जमीनको सबै पट्टा हामीलाई चाहिन्छ। हाम्रो साथी भाइहरूले भन्दै थिए चिया बगानहरूमा गाई बस्तुहरू पालन छोडयो, बाँदरको कारणले गर्दा मकै रोप्न छोडयो, बदेल,चितुवाको कारणले गर्दा खेती पाती गर्न सबै छोडयो भन्ने जस्ता कुराहरू गर्दै थिए यस्तो अर्थहिन कुरा नगर्नु होस, तपाईलाई पनि आफ्नो जमिनको पट्टा चाहिन्छ। पाँच डेसिमल पट्टा थोपेर जातिलाई भडखालोमा हाल्ने काम नगर्नु होस् भनि अध्यक्ष डीके गुरूङले बताए। तिनले अझ भने, पहाडको नेताहरूले अर्को पार्टीमा हुँदा पट्टाको विरोध गर्दै थिए अनि अहिले भागोप्रमो-मा आएर फेरि पाँच डेसिमल पट्टा नै राम्रो हो भन्दै हिडदैछन्। आफ्नो बयानमा अडिग रहन नसक्ने नेताहरूको भरोसा नगर्नु होस् भन्दै सबै कमानका जनतालाई अध्यक्ष डीके गुरूङले सतर्क गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *