पाँच किलो गाँजासहित दोकाने पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले सिलगढी नगरनिगमको 41 नम्बर वार्डस्थित शास्त्री नगर इलाकाको एउटा दोकानमा छापामारी अभियान चलाएर 5 किलो गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक आशिक विश्वासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आशिक विश्वासले राशन दोकानको नाममा गाँजा बेच्ने गरेको पुलिसले खबर पाएरपछि उक्त दोकानमा छापामारी अभियान चलाएर 5 किलो गाँजा सहित आशिकलाई पक्राउ गरेको बताइएको छ। आरोपीविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला मामला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *