पाँचकोलगढीको क्षतिग्रस्त परिवारको सहयोगको लागि अघि आए गौतम गोस्वामी

सिलगढी: फुलबारी 1 नम्बर अञ्चलको पाँचकोलगढी भालोबासा मोड इलाकामा सर्ट सर्किटले गर्दा धेरैजना परिवारको मिटर बक्स, बिजुलीको तार क्षतिग्रस्त भएको थियो। उक्त परिवारको सहयोगको लागि तृणमूल नेता तथा समाजसेवी गौतम गोस्वामी अघि आएको छ। तिनले आज लगभग 20 जना परिवारलाई फ्यान र लाइट प्रदान गरे। यस अवसरमा गौतम गोस्वामीले भने, हाल क्षतिग्रस्त लगभग 20 जना परिवारलाई फ्यान तथा लाइट प्रदान गरियो। अझै केही मानिसहरूले फ्यान र लाइटको माग गरेकोले आगामी दिनमा तिनीहरू प्रदान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *