पाँचवटा राज्यको चुनाउ परिणाम : भाजपा 4 राज्यमा विजय, पंजाबमा AAP-को जीत

देशको पाँच वटा राज्यमा भएको विधानसभा चुनाउको आज सम्पन्न मतगणना अनुसार भारतीय जनता पार्टीले एकपल्ट फेरि  चारवटा राज्यहरू क्रमैले उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा बहुमत ल्याएर सरकार गठन गर्ने निश्चित भएकोले पार्टी समर्थकहरूमा देखियो खुशीको लहर। यसैगरी, पञ्जाबमा केजरीवालको AAP पार्टीले बहुमतसित विजय हासिल गरेपछि अब सरकार गठन गर्ने भएको छ। चुनाउको परिणामअनुसार सबैभन्दा अधिक आसन रहेको उत्तरप्रदेशमा मोठ 403 वटा आसनमध्ये भाजपाले 268 आसन, समाजवादी पार्टीले 130 आसन, कङ्ग्रेस 2 आसन, बहुजन समाज पार्टी 1 अनि अन्य 2 आसन जितेको छ। यसैगरी, उत्तरखण्डको मोठ 70 आसनमध्ये भाजपाले 48 आसन, कङ्ग्रेस 18, बीएसपी 2 तथा अन्यले 2 आसनमा जीत हालिस गरेको छ भने गोवाको मोठ 40 आसनमा भाजपा 20, कङ्ग्रेस 11, AAP 2, एनएजी 2, अन्य 3, जीएफपी 1, आरबीजीपी 1 आसनमा जीत हासिल गरेको छ।


यसबाहेक मणिपुर राज्यको चुनाउ परिणाम अनुसार त्यहाँको मोठ 60 वटा आसनमध्ये भाजपाले 32 वटा आसन, एनपीईपीले 8 वटा आसन, जेडी(यु) 6 वटा, एनपीएफ 5 वटा, कङ्ग्रेसले 4 वटा, आईएनडी 3 वटा, केपीए 2 वटा आसन जित्न सफल भएको छ। यसैगरी, पंजाबमा सम्पन्न भएको 117 वटा विधानसभा आसनमध्ये केजरीवालको पार्टी AAP-ले यसपल्ट सर्वाधिक 92 वटा आसन जितेको छ भने यसबाहेक 18 वटा आसनमा कङ्ग्रेस, 3 वटा एसएडी, 2 वटा भाजपा, 1 बीएसपी र आईएनडीले 1 आसन जितेको छ। स्मरण रहोस्, दिल्लीपछि पहिलोपल्ट AAP-ले पंजाबमा पनि चुनाउ जितेर सरकार गठन गर्ने निश्चित भएको छ। समग्रमा भन्नुपर्दा देशको 5 वटा विधानसभा क्षेत्रमा भएको चुनाउमा सबैभन्दा उत्कृष्ट प्रदर्शन भाजपा-को रहेको छ भने एकमात्र पंजाबमा AAP पार्टीले पहिलोपल्ट चुनाउ जित्न सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *