पण्डित दिनदयाल उपाध्यायको जन्मदिन सुकनामा पालन

मिरिक : पण्डित दिनदयाल उपाध्यायको जन्मजयन्ती दार्जिलिङ भाजपा महिला मोर्चाको पहलमा सुकनामा पालन गरियो। पण्डित दिनदयालजीको जन्म जयन्तीको उपलक्ष्यमा दुई महिला समाजसेवी क्रमशः मुनमुन सरकार र अरुणा छेत्रीलाई तिनीहरूको निस्वार्थ सेवाकार्यको सहारना गर्दै महिला मोर्चा भाजपाको तर्फबाट सम्मान जनाइयो। उक्त कार्यक्रमका अध्यक्षता सन्तोषी दियालीले गरेका  थिए भने कार्यक्रममा मुख्य अतिथिको रूपमा भाजपा जिल्ला अध्यक्ष मनोज देवान, जिल्ला प्रभारी महिला मोर्चा सिभानी दियाली, जिल्ला सचिव नारायण गुरुङ, कुमार छेत्री, मण्डल सभापति राजेन लामा, सचिव अजय शर्मा लगायत महिला मोर्चाका कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रममा अतिथिको बाहुलीबाट दुई समाज सेवीलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *