पेङ्गोलिनसहित चारजना पक्राउ

कुचबिहार:  वन विभाग अनि बीएसएफका जवानहरूले संयुक्त अभियान चलाएर एउटा पेङ्गोलिनसहित चारजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा साहीनूर आलम, जहीरुल इस्लाम, दिलवर हुसैन र अबेद अली सामेल छन् । प्राप्त जानकारी अनुसार मंगलवार राति गोप्य सूचनाको आधारमा वन विभाग र बीएसएफका जवानहरूले बालाभूत ग्राम पञ्चायत अन्तर्गत छावकुटी गाउँमा अभियान चलाएर चारै जनालाई पक्राउ गरेको हो। तिनीहरूबाट एउटा पेङ्गोलिन पनि उद्धार गरेको छ। उक्त पेङ्गोलिन तस्करी गर्नको लागि तिनीहरूले लगिरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *