पानीघट्टा-दुधे पुलबाट हाम फालेर व्यक्तिको मृत्यु

मिरिक : पानीघट्टा-दुधे पुलबाट हाम फालेर आज बिहान एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति दुधे निवासी बाल कुमार स्याङ्गबोको रूपमा चिन्हित गरिएको छ। घटनाको खबर पाएर पानीघट्टा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल  कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक बाल कुमार मानसिक रूपमा बिमार रहेको पुलिस सूत्रले थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *