पानीघट्टा बजारमा राति हात्तीको उत्पात, केही क्षति

मिरिक: पनीघट्टा बजारमा गत राति लगभग दुई बजेको समय हात्ती आएर उत्पात मच्चाएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार पानीघट्टा बगानबाट बाटै बाटो हुँदै हात्ती बजार पसेको अनि त्यसले बजारमा परमात्मा नाम गरेका एकजना पसलेको पसल भत्काएर 15 किलो भन्दा धेरै चाना दाल खाइदिएको छ यसको साथै पसलमा धेरै क्षति पनि गरेको बताइएको छ। यसरी नै गणेश मण्डलको दोकानको पनि दैलो भत्काएर सर-समानहरु लथालिङ्ग पार्नको साथै दोकानलाई धेरै क्षति पुऱ्याएको छ। राती नै पसलेहरुले गुहार लगाएपछि गाउँलेहरु भेला भएर हातीलाई खेदाउँदा हात्ती भाग्दा मणिकुमार प्रधानको घरको दैलो पनि भत्काएर गएको छ प्रत्यक्षदर्शीले बताएको छ। अचानक पानीघट्टा बजारमा हात्ती आएपछि बजारवासीमा भयको वातारण छाएको देखियो । पीडित पसलेहरुले मात्र होइन तर बजारवासीले पनि क्षतिपूर्तिको माग गरेका छन्। दिनहुँ बाँदरले हत्तु-हैरान बनाइरहेको समय अब हात्ती पनि बजार पस्न थालेकोले सबै बजारवासी चिन्तामा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *