पानीघट्टा बजारमा क्लिनिकको विधिवत उद्घाटन

मिरिक : च्याँगा पानीघट्टा ग्राम पञ्चायत (सीपीजीपी) लगायत तराईवासीहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर पानीघट्टा बजारमा डाक्टर क्लिनिकको आज सामाजिक कार्यकर्ता रङ्गु सौरिया अनि डा. एसएस राईले संयुक्त रूपमा उद्घाटन गरे। कोरोना सङ्क्रमणको परिस्थितिमा यहाँका मानिसहरू अस्वस्थ्य भएको खण्डमा डाक्टरकहाँ जाँच गराउनको लागि नक्सलबारी, सिलगढी र बाघडुग्रा आदि ठाउँहरूमा अब जानु पर्दैन। वर्तमान परिस्थितिको असुविधालाई ध्यानमा राख्दै पानीघट्टा बजारमा सम्बन्धित रोगका डाक्टरहरू आएर रोगीहरूको उपचार गर्नेछन्। डाक्टर क्लिनिक सञ्चालक विकास प्रधानले दिएको जानकारी अनुसार जेनरल सर्जन डा. एस स्याङदेन, डा. भीआर कुमार, डीएनबी रुलर सर्जन आदिले उक्त क्लिनिकमा उपस्थित भएर रोगीहरूको जाँच गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *