पानीघट्टा, बेलगाछी र निरपानी क्षेत्रको क्वारेन्टाइन सेन्टरहरूमा सेनिटाइज

मिरिक : गोर्खा जनमुक्ति मोर्चा तराई निगरानी समिति (मनिटरिङ कमिटी)-का संयोजक नवराज छेत्रीको पहलमा नक्सलबारी अग्निशमन विभागले पानीघट्टा, बेलगाछी र निरपानी कोलाबारी हाई स्कुलहरूमा सेनिटाइज गरियो। कोभिड 19-को संक्रमण रोक्नको लागि जारी गरिएको देशव्यापी लकडाउन अवधि अन्य राज्यबाट घर फर्किआउने मानिसहरूलाई राख्नको लागि उक्त स्कुलहरूमा क्वारेन्टाइन सेन्टर बनाएको थियो। उक्त सेन्टरहरूमा धेरै सङ्ख्यामा युवक-युवतीहरू क्वारेन्टाइनमा बसेका थिए। हालसम्म बाहिरबाट घर फर्किने क्रम जारी रहेको अनि उक्त विद्यालयहरूमा भर्खरै आएर क्वारेन्टाइनमा बस्नेहरू रहेकोले शुक्रबार अग्निशमन केन्द्रका कर्मचारीहरूले चौतर्फी सेनिटाइज गरेको मनिटरिङ कमिटीका संयोजक नौराज छेत्री र शिक्षक भवानी प्रसाद दुलालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *