पानीघट्टा चियाबारीमा चुनाउ कार्यालयको उद्घाटन

मिरिक: आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर गोजमुमो विनय पन्थीले सुकना पानीघट्टा समष्टी 1 अन्तर्गत पानीघट्टा चियाबारीको 10 नम्बर लाईनमा चुनाउ कार्यालय शुरू गरेको छ। सुकना पानीघट्टा समष्टि 1-का पार्टी सचिव बिदुर छेत्रीले उक्त चुनाउ कार्यालयको आज विधिवत् रूपमा उद्घाटन गरे । यस कार्यालयको उद्घाटन पछि पार्टीका समर्थकहरूलाई लिएर एउटा चुनावी सभाको पनि आयोजना गरियो। उक्त सभामा आउँदो विधानसभा चुनाउलाई लिएर व्यापक चर्चा-परिचर्चा गर्नको साथै खरसाङ विधानसभा आसनको पार्टीका प्रार्थी श्रीमति छिरिङ लामा दाहाललाई विपुल मतदान गरेर विजयी गराउने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *