पानीघट्टा चियाकमानमा आगलागी

नक्सलबारी : पानीघट्टा चियाकमानमा आगलागी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय मानिसहरूले पानीघट्टा चियाकमानमा आगो लागेको देखेपछि तत्कालै घटनाबारे नक्सलबारी अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *