पानीघट्टाका जीतमान तामाङ हाम्रो पार्टीमा सामेल

पानीघट्टा (निसं) : हाम्रो पार्टीको केन्द्रीय समिति तथा मिरिक महकुमा समितिका नेतृत्वहरूले आज जीटीएको तराई क्षेत्रमा पर्ने पानीघट्टामा साङ्गठनिक भ्रमण गर्नको साथै यस क्षेत्रको वर्तमान अवस्थाबारे चर्चा परिचर्चा गरे। यस अवसरमा गत जीटीए चुनाउमा सुकुना पानीघट्टा समष्टीबाट स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएका स्थानीय स्थापित नेतृत्व जीतमान तामाङ आधिकारिक रूपमा हाम्रो पार्टीमा सामेल भए। तिनलाई हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङ, मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा लगायत तराईका वरिष्ठ नेतृत्व सुरज सौरिया, सुकनाका वरिष्ठ नेतृत्व राजेश लामा, अध्यक्ष मन्दिप लामा तथा अन्यहरूले आफ्नो दलमा न्यानो स्वागत जनाए। यस अवधि हाम्रा पार्टीका केन्द्रीय प्रवक्ता घिसिङले भने, पानीघट्टा र मिरिकको आफ्नै सम्बन्ध र इतिहास छ। प्रशासनिक सम्बन्ध कलिलो हो, इतिहास साक्षी छ। पानीघट्टालाई अब हामीले अँगालेर पुरानो ऋण तिर्ने समय आएको छ। स्मरण रहोस, भागोप्रमो अध्यक्ष अनित थापाले पक्षपाती नीति र हैकमवाद गरेको आरोप लगाउँदै तिनले यसको खुल्ला विरोध गरेर गत जीटीए चुनाउमा निर्दल उम्मेदवारको रूपमा जीतमान तामाङले यस क्षेत्रबाट चुनाउ लडेका थिए। तिनी तराई क्षेत्रमा जातीय प्रेमी तथा समाजसेवीको रूपमा पनि परिचित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *