पानीघट्टाको विनय खेमाको शिक्षक संगठनका पदाधिकारीहरू बिमल खेमामा सामेल

पानीघट्टा: गोर्खा जनमुक्ति मोर्चा बिनय खेमाका शिक्षक संगठन हिल तराई प्राईमेरी शिक्षक एसोसियसनका पानीघट्टा शाखाका 14 जनाले आज संगठनबाट राजीनामा दिएका छन्। ती राजीनामा दिने शिक्षकहरू बिमल खेमाका शिक्षक संगठन गोर्खा प्राईमेरी शिक्षक अर्गनाइजेसनमा सामेल भएको घोषणा आज एउटा प्रेस भेला गरेर जानकारी गराएका छन्। बिनय खेमा शिक्षक संगठनलाई किन त्याग्नु पर्यो भन्नेबारे गरिएको प्रश्नको जवाबमा तिनीहरूले पानीघट्टा हिल तराई प्राइमेरी शिक्षक एसोसिएसनले 2017 देखि नै दबाउमा राखेको आरोप लगाए। प्रेस भेलालाई संगठनका सचिव रबि गुरूङ, सभापति आनन्द थापा, केबी तामाङ आदिले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *