पानीघट्टाको जङ्गलबाट झुन्डिएको अवस्थामा शव उद्धार

पानीघट्टा : पानीघट्टा फरेष्टस्थित कदमा मोड नजिक टाँटरी फरेष्टमा आज एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज पानीघट्टा फरेष्टको कदमा मोड नजिक टाँटरी फरेष्टमा पानीघट्टा पुलिसले झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्तिबाट पुलिसले एउटा बिजुलीको बिल र एउटा ब्ल्याक एन्ड व्हाइट फोन उद्धार गरेको छ। आत्महत्या गर्ने व्यक्ति नेपाल निवसी होमनाथ पोख्रेलको रूपमा पुलिसले चिन्हित गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *