पानीघट्टाको निरपानीमा हात्तीको आतङ्क

पानीघट्टा पानीघट्टा नजिक निरपानीको मगरटोल क्षेत्रमा आज बिहान लगभग 7 बजी एउटा जङ्गली हात्ती गाउँमा पसेपछि गाउँलेहरू आतङ्कित बन्न पुगे। हात्तीले गाउँको मूल सडक हुँदै धेरै समयसम्म घुमफिर गरे तापनि कुनै ज्यान मालको नोक्सान नभएको बताइएको छ। तथापि, हात्तीले केही फसलहरू नष्ट गरेको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, गत केही दिन अघि मात्र स्थानीय कमल तामाङ हात्तीको हमलामा गम्भीर रूपमा घाइते भएपछि हाल तिनी उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छन्। हात्तीको लगातार आक्रमण तथा उपद्रव बढे तापनि वन विभागले कुनै प्रकारको आवश्यक पहल हालसम्म नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। गाउँलेहरूले वन विभागको पक्षबाट सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *