पानीघट्टामा दोस्रो महिमा कन्फरेन्स सम्पन्न

खरसाङ (निसं) : पानीघट्टा जबडा भेकमा तिहारको छेक पारेर होली चिल्ड्न इङ्ग्लिस स्कुलको खेल मैदानमा दुई दिवसीय दोस्रो महिमा कन्फरेन्स भव्यताको साथ सम्पन्न भयो। मुख्य अतिथि डा॰ एसएस राईले सम्मेलनको विधिवत् रूपमा उद्घाटन गर्नको साथै तिनीद्वारा गरिएको प्रार्थना पछि कार्यक्रमको सुरूवात गरियो। पा॰ जसिन्ता, पा॰ सबिन र उषा कानु लामाद्वारा सञ्चालित सम्मेलनमा पा॰ मनोज सेन्चुरीको झुण्डले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने प्रेरित सुवास नैनन, अगमवत्ता बाबु के॰ मत्थुय, सुश्री सृष्टि थापा, एल्डर मसिह प्रकाश मोक्त्तान आदि वक्ताहरूको रूपमा उपस्थित थिए। उक्त सम्मेलनमा नेपाली जगतका एक वरिष्ट समाजसेवी तथा राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा सम्मानित भइसकेका होली प्लेस अस्पताल नक्सलबारीका संस्थापक डा. एसएस राईलाई सम्मेलनका प्रमुख साथै इण्डियन क्रिस्टियन माइनोरेटिका चेयरम्यान कबीर लामाको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *