पानीघट्टामा जङ्गली हात्तीको ताण्डव

मिरिक: मिरिक महकुमा अन्तर्गत पर्ने तराई क्षेत्र पानीघट्टा चियाबारीमा आज बिहान जङ्गली हात्तीले ताण्डव मच्चाएर घरहरू भत्काइदिएको छ। गत केही दिनअघि मात्रै हात्तीले पानीघट्टा बजारमा पसेर दोकान भत्काइदिनको साथै दोकानभित्र  भएको सबै सामग्रीहरू खाइदिएको केही दिन राम्ररी नबित्दै फेरि आज बिहानै एउटा जङ्गली हात्ती पानीघट्टा चियाबगान पसेर घर भत्काइदिएको बताइएको छ। हात्तीको बढ्दो आतङ्कले स्थानीय बासिन्दाहरू त्रासित बन्न पुगेका छन् भने वन विभागले यसबारे कुनै पहल नगरे ठुलो दुर्घटना हुनसक्ने स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *