पानीघट्टामा सडक दुर्घटनामा 2 जनाको मृत्यु, 4 जना घाइते

नक्सलबारी : पानीघट्टाको कदमा मोड संलग्न इलाकामा भएको सडक दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार जन्मदिनको पार्टी गरेपछि घर फर्किरहेको समय पानीघट्टाको कदमा मोड संलग्न इलाकामा एउटा चारचक्के वाहन अनियन्त्रित भएर सडकको किनारमा रहेको एउटा रुखमा ठोक्किँएर पल्टिँदा दुईजनाको मृत्यु भएको बताइएको छ। मृतकहरूमा सिलगढीको फेडरिक गुरुङ र मतिगढा निवासी विशाल सिंहको रूपमा चिन्हित गरिएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरेर बाघडुग्रा अस्पतालमा पठाएपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *