पानीघट्टा पुलिस पोस्ट प्रभारीको स्थानान्तरण

मिरिक: पानीघट्टा पुलिस पोस्टका प्रभारी तपनकुमार दास स्थानान्तरण भएर गाडीधुरा पुलिस पोस्टमा सोही पदमा जाने तय भएको छ। आज पानीघट्टा पुलिस पोस्टमा तिनलाई विदाई दिनको निम्ति तराईका मानिसहरू उपस्थित थिए। दासले आफ्नो कर्म र कर्तव्य मात्र पालन नगरेर पानीघट्टा पुलिस पोस्ट अन्तर्गत रहेका इलाकाहरूमा धेरैवटा सामाजिक, साहित्यिक, अध्यात्मिक कार्यक्रमहरूमा आफ्नो सक्रिय भूमिका र योगदान दिएका थिए। तिनले 2017 देखि आज पर्यन्त निरन्तर सेवामूलक कार्यहरू गर्दै आइरहेका छन्। आज तिनलाई विदाई दिनको लागि पानीघट्टा नारी सेवा समितिका सदस्यहरू, तराईका पत्रकारहरू, कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव समाजसेवी रङ्गु सौरिया, पानीघट्टा आदिवासी सांस्कृतिक वेलफेयर सोसाइटीका सदस्यहरू उपस्थित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *