पानीघट्टा तराईमा बिमल खेमाको सांगठनिक सभा

मिरिक गोजमुमो बिमल खेमा तराईले आज पानीघट्टा तराईमा एउटा साङ्गठनिक सभाको आयोजना गरियो। उक्त सभामा गोजमुमो बिमल खेमाले एक हप्ता भित्रमा पानीघट्टा तराईमा प्रत्येक गाउँमा शाखा कमिटी बनाउने निर्णय गरेको छ। तराईमा बिमल खेमाको साङ्गठनिक स्थिति बलियो रहेको दावी गरेको छ। सभामा केन्द्रीय सदस्य सन्तोष रसाइली, केन्द्रीय सदस्य गौरी खनाल, ट्रेडबाट केन्द्रीय सदस्य हरिहर आचार्य, समष्टि सभापति रमेश श्रेष्ठ, समष्टि सचिव विक्रम छेत्री, शारदा छेत्री, विपेन मिन्ज, सञ्जय माझी, दिल बाहदुर राई लगायत अन्यले सभामा आ-आफ्नो वक्तव्य राखे। पानीघट्टा तराईमा अहिले पनि 90 प्रतिशत जनता बिमल गुरूङको साथमा रहेको बताइएको छ। आगामी दिनमा सबै शाखा गठन गरेपछि पानीघट्टा तराईमा एउटा विराट जनसभाको आयोजना गरिने उक्त सभामा निर्णय लिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *