पानी जमिएको समस्यालाई लिएर 31 र 5 नम्बर वार्डका मानिसहरूद्वारा सिलगढी नगरनिगमलाई ज्ञापन

सिलगढी : पानी पर्नसाथ इलाका जलमग्न हुने गरेकोले धेरैजना मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ। यसैले सिलगढीको 31 र 5 नम्बर वार्ड निवासीहरूले यसको समाधान गरिनुपर्ने माग गर्दै आज नगरनिगम पुगेर डेपुटी मेयर रञ्जन सरकारलाई एउटा ज्ञापन पत्र चढाए। सिलगढी नगरनिगमको 31 नम्बर वार्ड अन्तर्गत अशोकनगरमा पानी पर्न साथ कम्मरसम्म पानी जम्ने गरेकोले इलाकावासीहरूले निक्कै असुविधाको साथमा दिन बिताउन बाध्य छन्। ज्ञापन चढाउन गएका मानिसहरूले बताएअनुसार धेरै समय अघिदेखि तिनीहरू इलाकामा जलमग्न समस्यासित जुझिरहेका छन् भने हालसम्म यसको कुनै समाधान भएको छैन। डेपुटी मेयर रञ्जन सरकारले केही समयसम्म इलाकावासीहरूसित कुराकानी गरे। डेपुटी मेयर रञ्जन सरकारले बताएअनुसार अशोकनगरको जलमग्न समस्याबारे इलाकावासीहरूसित कुराकानी गरियो भने  पुजा अगावै यसको समाधान गर्नको लागि काम शुरू गर्ने प्रयास गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.