पानीको 6 वटा योजनाको टुंग सन्तमेरिज समष्टिमा शिलान्यास

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत टुंग सन्तमेरिज समष्टिमा आज जल जीवन मिशन अन्तर्गत घर-घरमा पानी योजनामार्फत् पीएचई विभागबाट जम्मा 6 वटा योजनाको शिलान्यास गरियो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डिपुटी चेयरम्यान राजेश चौहान, टुंग सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा र पीएचई विभागीय कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आदिको उपस्थितिमा सिपाहीधुरा सार्वजनिक भवनमा सम्पन्न एउटा कार्यक्रमबीच उक्त शिलान्यास कार्य गरियो। टुंग सन्त मेरिज समष्टिको विभिन्न क्षेत्रहरूमा जम्मा 6 वटा पानीको योजनाहरूको आज शिलान्यास गरिएको छ।


यस समष्टिमा 16 लाख 49 हजार 725 रुपियाँको लागतमा खहरे बस्तीमा, 14 लाख 51 हजार 729 रुपियाँको लागतमा गोथल्स साईडिङ क्षेत्रमा, 20 लाख 5 हजार 37 रुपियाँको लागतमा सिपाहीधुरा चियाबारीमा, 5 लाख 95 हजार 9 सय रुपियाँको लागत खर्चमा दिलराम चियाबारीमा, 27 लाख 76 हजार 9 सय 27 रुपियाँको लागत खर्चमा अरिङ्गले र 25 लाख 36 हजार 5 सय 29 रुपियाँको लागत खर्चमा पोखरीटारमा पानीको योजनाहरू रहेको छ। आज एउटा कार्यक्रमबीच यी सबै 6 वटा पानीको योजनाहरूका शिलान्यास कार्य सम्पन्न गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *