पानीको व्यवस्था नभएकोले पञ्चायत सदस्यलाई कार्यालयमा बन्द गरेर गाउँलेहरूद्वारा विरोध प्रदर्शन

बाघडुग्रा : चुनाउ प्रचार अवधि तृणमूल कङ्ग्रेसका विजयी पञ्चायत सदस्य उज्जवल शर्माले बाघडुग्रा सुकान्त नगरको डाँडा गाउँ इलाकामा पिउने पानी ल्याउने आश्वासन दिएका थिए। तर चुनाउ जितेको लगभग 2 महिना बितिसक्दा पनि इलाकामा पिउने पानीको व्यवस्था गरिएको छैन। यसैले स्थानीय मानिसहरूले आज अप्पर बाघडुग्रा ग्राम पञ्चायत कार्यालयमा पञ्चायत सदस्य उज्ज्वल शर्मालाई बन्द गरिदिएर विरोध प्रदर्शन गरे। इलाकावासीहरूको आरोप अनुसार पञ्चायत सदस्य उज्ज्वल शर्माले चुनाउ प्रचार अवधि इलाकामा पानीको आपूर्ति गर्ने वाचा गरेका थिए तर हालसम्म पनि इलाकामा पानीको व्यवस्था गरिएको छैन। यसैले आज आफूहरूदवारा विरोध प्रदर्शन गरिएको हो। घटनाको खबर पाएर बाघडुग्रा पुलिस घटनास्थलमा पुगे। यसपछि स्थानीय मानिसहरूले ग्राम पञ्चायतको उप प्रधानसित यसबारे कुराकानी गरे। पञ्चायत सदस्य उज्जवल शर्माले भने, पीएचई कार्यालयमा यसबारे जानकारी गराइसकेको छ। अर्कोतिर, उप-प्रधान सञ्जीत महतोले भने, पीएचई कार्यालयलाई सूचित गराइसकेकोले 48 घण्टाको अवधिमा पानीको व्यवस्था गरिदिइनेछ। यसपछि पनि यदि पानी उपलब्ध नभएको खण्डमा पीएचई कार्यालयमा जानेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *