पानीको दबाउले गर्दा गजलडोबामा टिस्टा तटको केही अंश भत्केपछि मरमति कार्य जारी

राजगञ्ज : टिस्टा नदीको जलस्तर बढेपछि समतलमा बाढको स्थिति उत्पन्न भएको छ। पानीको दबाउले गर्दा हिजो गजलडोबाको टिस्टा तटको केही अंश भत्केको छ भने आज यसको मरमति कार्य चलिरहेको छ। नौकाको माध्यमद्वारा सामग्रीहरू लगेर बाँध मरमतिको कार्य चलिरहेको छ। बाँधको मरमति गर्न आएका एकजना कर्मीले बताएअनुसार उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेपछि यता गजलडोबामा पनि टिस्टाको जलस्तर बढेको छ। यसले गर्दा टिस्टा तटको लगभग 300 मिटर बाँध भत्किएपछि आजदेखि यसको मरमति कार्य चलिरहेको छ। नौकाको माध्यमद्वारा बालुवा-ढुङ्गा, बाँस तथा अन्य समानहरू लगेर बाँधको मरमति गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *