पानीको समस्यालाई लिएर सिलगढी 4 नम्बर वार्डका वासिन्दाहरूद्वारा पथ अवरोध

सिलगढी: सिलगढी नगर निगमको 4 नम्बर वार्डमा गत केही दिन अघिदेखि पिउने पानीको वितरण नभएकोले गर्दा वार्डवासीहरू आक्रोशित बनेका छन्। सिलगढीको 4 नम्बर वार्डका केही आक्रोशित मानिसहरूले आज अपरान्ह यहाँको बर्द्धमान रोड अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा वार्डवासीहरूले गत केही दिन अघिदेखि आफ्नो वार्ड नम्बर 4-मा पानी नआएकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेको बताए। अर्कोतिर, नगर निगमको तर्फबाट पानीको दुई वटा ट्याङ्की पठाइए तापनि त्यसले समस्या समाधान नभएको तिनीहरूको भनाई रहेको छ। पिउने पानीको परिसेवा चाँडै पुन: शुरू गरिनु पर्ने माग गर्दै आज 4 नम्बरका वार्डवासीहरूले बर्द्धमान रोडमा पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। यसपछि घटनाको खबर पाएर खालपाड़ा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर प्रदर्शकारीहरूलाई उचित आश्वासन दिएपछि पथावरोध हटाइयो। यसको साथै 4 नम्बर वार्डका पार्षद विवेक सिंह पनि घटना स्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *