पानी निकाल्दा कुवामा डुबेर व्यक्तिको मृत्यु

नक्सलबारी : कुवामा डुबेर एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना नक्सलबारीको चियाकमान फागु लाइन इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान तरसु उराव कुवाबाट पानी निकाल्न जाँदा खुट्टा चिप्लेर कुवाभित्र पसे। तिनी चिच्चाएको आवाज सुनेर परिवारका सदस्यहरू लगायत छिमेकीहरू घटनास्थलमा पुगेर कुवाबाट तिनलाई बाहिर निकालेर नक्सलबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। मृतकको स्वास्नी आशा उरावले बताएअनुसार कुवाबाट पानी निकाल्न जाँदा उक्त घटना घटेको हो। तिनी अस्वस्थ्य थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *