पानीट्याङकीमा ब्राउन सुगर र कफ सिरपसहित युवक पक्राउ

बाघडुग्रा, 5 दिसम्बर (निसं): मादक पदार्थसहित एकजना युवकलाई पक्राउ गरिएको छ। आरोपीको नाम खगेन राय हो र तिनी गौर सिंह जोतको निवासी हुन्। प्राप्त जानकारी अनुसार, गोप्य सूचनाको आधरमा पुलिसले भारत-नेपाल सीमामा खोरीबारी पानीट्याङकीको गौर सिंह जोतमा अभियान चलाएर 101 ग्राम ब्राउन सुगर र 12 बोतल कफ सिरपसहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो। यस सम्बन्धमा एसडीपीओ खरसाङ निर्जा अनिश शाहले भने, पुलिसले विशेष गरेर सीमा क्षेत्रमा मादक पदार्थको कारोबार रोक्नका लागि अभियान चलाइरहेको छ। पक्रा परेका युवकलाई पुनर्वास केन्द्र पठाउनको साथै लगातार अभियान चलाएर मादक पदार्थको तस्करीलाई रोक्नेछौं। पुलिसले आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरेपछि हिरासतमा लिएको छ भने घटनाको विस्तृत जाँच गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomcasibomOnwincasibom giriş