पानीट्याङ्कीमा मदरसा अरफिया वेलफेयर सोसाइटीको पहलमा निकाल्यो शोभायात्रा

खोरीबारी, 16 सितम्बर: खोरीबारीको पानीट्याङ्कीमा आज पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मुस्लिम समुदायका मानिसहरूले आ ईद मिलाद-उन-नबी पालन गऱ्यो। मदरसा अरफिया वेलफेयर सोसाइटीको पहलमा आज शोभायात्राको आयोजना गरियो। यस अवसरमा शोभायात्रा गौरसिंगजोत मदरसा अरफिया वेलफेयर सोसाइटीदेखि शुरू भएर पानीट्याङ्की बजार,चेकपोस्ट हुँदै पुनः सोसाइटी अघि आइपुगेर समाप्त भयो। सोसाइटीको तर्फबाट सबैलाई चकलेट वितरण गरियो। शान्ति अनि भाईचाराको सन्देश फैलाउनका लागि प्रत्येक वर्ष झै यो वर्ष पनि शोभायात्राको आयोजना गरिएको हो भनी मादरसा अरफिया वेलफेयर सोसाइटीका अध्यक्ष मोहम्मद मुस्ताकिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *