पानीट्याङ्की आउटपोस्टको पहलमा ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी : पानीट्याङ्की आउटपोस्टको पहलमा आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थानाहरूमा मेगा रक्तदान शिविरको आयोजना गरिरहेको छ। यसै क्रममा आज पानीट्याङ्की आउटपोस्टको पहलमा उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा पानीट्याङ्की आउटपोस्टका ओसी सुदीप कुमार दत्त लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *