पानीट्याङ्की दुधगेटबाट टोक्केसहित दुईजना व्यक्ति पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीका जवानहरूले दुधगेट नजिक अभियान चलाएर टोक्केसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नक्सलबारी निवासी रहेको बताइएको छ। एसएसबीले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा पानीट्याङ्कीको दुधगेट नजिक दुईजना व्यक्तिलाई रोकेर छानबीन गर्दा तिनीहरूबाट एउटा टोक्के उद्धार गरेपछि ती दुई व्यक्तिलाई पक्राउ गर्यो। एसएसबीले आवश्यक कार्वाहीपछि टोक्केसहित पक्रा परेका दुई व्यक्तिलाई टुकुरिया झाड़ वन विभागलाई सुम्पिदिएको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.