पानीट्याङ्कीको आगलागी स्थलको भाजपा विधायकले गरे निरीक्षण

खोरीबारी: खोरीबारीको पानीट्याङ्की बजार आगलागी स्थलको आज फाँसीदेवाको भाजपा विधायक दुर्गा मुर्मूले निरीक्षण गरे। प्राप्त जानकारी अनुसार विधायक मुर्मूले आज अग्निकाण्ड स्थलको निरीक्षण गर्नको साथै पीडित व्यवसायीहरूसित कुराकानी गरेर हर सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। यस अवसरमा तिनले प्रशासनले जसरी काम गर्नुपर्ने हो त्यस प्रकारले कार्य गरेको छैन। यदि विद्युत् विभाग र दमकल समयमै आगलागी स्थलमा आइपुगेको भए यति ठुलो क्षति हुने थिएन। सम्पूर्ण घटनामा प्रशासनको भूमिकालाई लिएर आक्रोश व्यक्त गर्दै तिनले पीडित व्यवसायीहरूको साथमा रहने आश्वासन दिए। उच्च अधिकारी समक्ष यसबारे कुरा गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *