पानीट्याङ्कीको ट्याक्सी स्ट्यान्डमा वाहनमा आगलागी

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की ट्याक्सी स्ट्यान्डमा आज एउटा वाहनमा अचानक आगो लाग्दा इलाकामा आतङ्क मच्चियो। तथापि, खबर लेखुञ्जेलसम्म कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। प्राप्त जानकारी अनुसार आज पानीट्याङ्कीमा टाटा सुमो डब्ल्युबी 74 एच/4129 -मा अचानक आगलागी हुँदा स्थानीय मानिसहरूको सहयोगमा आगो निभाउने प्रयास गर्नको साथै घटनाबारे नक्सलबारी अग्निशमन विभागलाई खबर दिए। आगलागीको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याए तापनि वाहनको भित्रपट्टिको भाग जलेर खरानी भएको छ। सर्ट सर्किटको कारण वाहनमा आगलागी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *